सुरेश चाम्लिङ्ग, न्युहेम्सार, जुन १७, २०२१
युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्षमा भर्च्युएल (zoom) माध्यमद्वारा संसार भरीको किराती राईहरु बीच शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ।
यही जुन १९, २०२१ नेपाली समय बेलुका ६ बजे देखी संचालन हुने उक्त कार्यक्रमको प्रमूख अतिथि सिक्किमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङ्ग रहने कुरा अर्गनाइजेसनका अध्यक्ष मुना राईले बताइन। किरात राईहरुबीच बिबिधता, भावनात्मक एकता भन्ने नाराकासाथ संसार भरी छरीएर रहेका राईहरुबीच यो सांस्कृतिक चाडमा शुभकामना आदान प्रदान गरीने कुरा समेत बताइएको छ। नेपाल र लगभग २० भन्दा बढी देशहरुबाट प्रतिनीधीहरु उक्त कार्यक्रममा सहभागी छन्।
अर्गनाइजेसनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक जीएस राइले नेपालका किरात राई यायोखा केन्द्रिय समिति देखि कुवेत, मकाउ, थाईल्याण्ड, मलेशिया, युएइ, अष्ट्रेलिया, हङ्गकङ्ग, युके, न्युजिलेण्ड, जापान लगाएतका अन्य थुप्रै देशहरुबाट सहभागी हुने भएका छन्।
यायोखा केन्द्रिय अध्यक्ष दिवश राई, पुर्व राजदुत नोबल किशोर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई, अभिनेता दयाहाङ्ग राई, गायक तथा संगीतकार जितेन राई लगाएत सहभागी हुनेछन।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु