Amazon का CEO Jeff Bezos संसारकै धनी व्यक्ति

Hollywood Khabar October 26,2017 Comments

कृष्ण के सी/अमेरिका
Amazon online retail का CEO Jeff Bezos पछिल्लो समयमा आएर संसारका सबैभन्दा धनी व्यक्ति हुनुभएको छ। अक्टोवर २७, २०१७ का दिन Bezos को सम्पति ९० बिलियन अमेरिकी डलर पुगेको छ।
भाग्यमानीको भुतै कमारा भनेझैं Amazon को स्टक १२.५% ले बढको छ। Bloomberg Billionaires Index र CNBC को इन्डेक्स क्यालकुलेशन अनुसार Amazon को स्टक $१०९६ थियो। एकै रातमा Bezo को शेयर मूल्य बढेर ७ बिलियन थपिन पुग्यो। यो पटक माइक्रोसफ़्टका बिल गेट्स र रिटेल जाइन्ट मानिएका Amancio Ortega लाइ Bezos ले उछिनेको कुरा संचार माध्यमहरुले जनाएका छन्।
Bezos ले १९९४ मा Seattle शहरमा एउटा गराजबाट अनलाइन बुकस्टोरको रुपमा स्थापना गरेको Amazon ऐले आएर संसारकै सबैभन्दा ठूलो अनलाइन रिटेलर भएको छ।