राष्ट्रिय जनगणनाको लागि घर तथा परिवार सूचीकरणको कार्य जारी, सुपरिवेक्षक घरदैलोमा

जनगणनाको लागि घर तथा परिवार सूचीकरणको कार्य जारी, सुपरिवेक्षक घरदैलोमा

Hollywood Khabar September 16,2021 Comments

१२औं राष्ट्रिय जनगणनाको पहिलो चरणको घर तथा परिवार सूचीकरणको कार्य जारी रहेको छ । घर परिवार सूचीकरणको लागि नुवाकोटमा ९५ जना शुपरिवेक्षक घरघरमा पुगिरहेका छन्  । घर परिवारको सूचीकरणको काम यहि असोज १८ गतेभित्र सकिनेछ भने भने मूल जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने कार्यतालिका रहेको छ ।

सुपरिवेक्षकले पहिलो चरणमा सूचिकरण गरेको घर परिवारको आधारमा जनगणनाको दोश्रो चरण अन्तर्गत रहेर गणकले गणना कार्य गर्ने  तथ्यांक कार्यलय नुवाकोटका प्रमुख  नरेन्द्र भट्ट शर्माले बताए । नुवाकोटमा चार वटा स्थानीय जनगणना कार्यलय स्थापना गरिएको छ । विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, ककनी गाउँपालिका र तादी गाउँपालिकमा स्थानीय जनगणना कार्यलय स्थापना गरिएको तथ्यांक कार्यलय नुवाकोटका प्रमुख शर्माले जानकारी दिए ।  

केन्द्रीय तथ्यांक विभागले तोकिएको समय अनुसार नै नुवाकोटमा जनगणनाको गतिविधिहरु सञ्चालन भइरहेको छ । जनगणनाबाट देशको बास्तविकताको तथ्यांक समेत आउने भएकोले घरघरमा सुपरिवेक्षक तथा गणक आउदा उनीहरुलाई सहि जानकारी दिएर सहयोग गरिदिनको लागि नुवाकोटका नागरिकहरलाई तथ्यांक कार्यलय नुवाकोटका प्रमुख  नरेन्द्र भट्ट शर्माले आग्रह समेत गरेका छन् ।  

दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । त्यसनिम्ति करिब ३ सय ८१ जना गणक नियुक्ति गरिनेछ  । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणनाको पहिलो चरणमा परिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या समेत विवरण संकलन गरिनेछ ।