The U.S. Air Force Hypersonic Strike Weapon: Picture from Google

अमेरिकाले बनाउँदै छ ध्वनी भन्दा ५ गुणा फाश्ट हाइपरसोनीक एयर क्राफ्ट

Hollywood Khabar August 10,2018 Comments

कृष्ण के सी/अमेरिका
अमेरिकी एयर फोर्सले ध्वनी भन्दा पाँच गुणा छिटो गतिमा उड्ने हाइपरसोनीक स्ट्राइक (हतियारधारी) एयर क्राफ्ट बनाउँदै छ।

सांघाई देखि लस एन्जलस ५ घन्टामा पुग्न सक्ने सुपर सोनीकको डिजाइन त सुनेको नै हो। तर यो हाइपरसोनीक भनेको ध्वनी भन्दा पनि ५ गुणा छिटो गतिको हुने भन्ने कुराले दुनियाँ चकित भएको छ।

अमेरिकी एयर फोर्सले छोटो समयमा विश्वका धेरै टाढाका खतरालाइ छिटो रुपमा जवाफी कारवाही या नियन्त्रणमा लिनको लागि यस्तो खाले एयर क्राफ्टको डिजाइन गरेको भन्ने कुरा Air Force Magazine ले उल्लेख गरेको छ। यसलाई Hacksaw (करौती) नाम दिइएको छ। Hacksaw भन्दा पनि अर्को खतरा प्रोजेक्ट Air-Launched Rapid Response Weapon (Arrow) नामको छ।

Arrow बारे थप जानकारीको लागि यो तलको लिंक क्लिक गर्नुहोस।
https://www.darpa.mil/program/hypersonic-air-breathing-weapon-concept

यस्ता यानबाट सुविधा त हुन्छ तर यिनीहरुको प्रमुख समस्या भनेको सामान्य गतिमा अर्थात विस्तार चलाउन नसक्नु हो। नासाको सन् २००० देखिको कन्सेपलाइ नै यो हाइपर्रसोनिक यानको डिजाइन हो भनिन्छ।

अर्को थप जानकारी यो तलको लिंक क्लिक गर्नुहोस।
https://www.nasa.gov/centers/dryden/history/pastprojects/HyperX/index.html

Hacksaw मा ब्यालिस्टिक मिसाइल र रकेट एक्सीलेरेट्स दुवै प्रविधिको अध्यन र प्रयोग गरिएको भनिएको छ।

हुन त रसियाले सोहि प्रविधिको MiG-31 Fighter क्राफ्ट बनाएको छ। त्यसैगरी चाइनाले हालै Starry Sky-2 नामको हाइपरसोनीक यानको सफल परिक्षण समेत गरेको छ। रसियाले २०२० देखि सो बिमान सर्भिसमा ल्याउने योजना गरेको छ भने अमेरिकाले सो सेवा २०२३ देखि ल्याउने भएको छ।