-हुम्लामा हावाहुरीले उडाएको स्कुलको छानो

हुम्लामा हावाहुरीले स्कुलको छानो उडायो- खुला आकासमुनि चिसो हिउँमा बालिबालिका

Hollywood Khabar February 12,2019 Comments

२ फागुन,सिमकोट।हुम्लामा हावाहुरीले एक दर्जनभन्दा बढी स्कुलको छानो उडाएको छ।हिमपातपछि तिव्र रुपमा चलेको हावाहुरीले सदरमुकाम सिमकोटमै रहेको मानसरोवर माध्यमिक विद्यालय र साहारा समुहको छात्राबास,रलिङ्ग मावि बरगाउँ, मालिका मावि लाली, कैलाश आधारभुत विद्यालय प्युस, लगायत विद्यालयका कक्षाकोठाको छाना उडाएको शिक्षा विकास समन्वय इकाई प्रमुख वर्ष फडेराले बताए।

सदरमुकाम सिमकोटको मानसरोवर माविको कक्षा १२ कोठे भवनको पूरै छानो हावाहुरीले उडाएपछि कक्षा कोठाभित्रै २ फिटभन्दा बढी हिउँ जमेको छ।छानो उडाउँदा जाडो बिदाको समय परेकोले विद्यालयमा कोही नहुँदा मानवीय क्षति भएको छैन।फागुनको पहिलो साताबाट विद्यालयको पठन पाठन सुरु हुने विद्यालयका कक्षा कोठामा हिउँ थुप्रिएपछि कक्षा सञ्चालन गर्न समेत कठिन भएको छ।

तेसैगरी सिमकोट तल्लो बजारमा ५७ जना फरक क्षमता भएका बालबालिकालाई आवास र पठनपाठनको व्यवस्था गर्दै आएको साहारा नेपालको छात्राबासको छानो उडाएपछि बालिबालिका खुला आकासमुनि चिसो हिउँमै बस्न बाध्य छन्। कोठामा राखिएका खाध्यन्न समेत हिउँले भिजाएर खाना पकाउन समेत नहुने भएका छन् ।लगातार ३ दिनसम्म परेको हिमपातसँगैको हावाहुरीले जिल्लाका धेरै सार्वजनिक र व्यक्तिगत भवनको समेत छाना उडाएको हो।