गजल-सुन्दर अनुहार हँसिलो छैन

Hollywood Khabar June 15,2017 Comments

जिन्दगी सोचे जस्तो सजिलो छैन

जहाँ पैतालो त्यहाँ खुड्किलो छैन ।

,,,

धन सम्पत्ति छ महलको बास

सुन्दर अनुहार हँसिलो छैन ।

,,,

भिर्यो प्रमाणपत्र शिक्षित बनि

सतही ज्ञान बुद्धि खँदिलो छैन ।

,,,

रेट्नु रेट्यो सारङ्गि मन मुटुको

संगीत धुन मीठो सुरिलो छैन ।

,,,

समय यस्तो बन्यो काँडै काँडाको

कोपिला फूल पनि कलिलो छैन ।

- गणेश प्रसाद पौडेल "बहुरुपी"

अर्जुन चौपारी गाउँ पालिका - ३ स्याङ्जा