गजल-जब जब दिलभित्रको मौसम खराब भयो 

Hollywood Khabar June 16,2017 Comments

जब जब दिलभित्रको मौसम खराब भयो 
जलेको चुरोट ओठमा हातमा सराव भयो ।
,,,
छोडियो सँगत साथीको भरोसा छैन माथिको 
यस्तो अकेलोपनमा बोतलको अभाव भयो ।
,,,
पिएर खुट्टै नटेक्ने भएँछु म केही नदेख्ने ,
पिउँदिन भन्छु झन् झन् यो दिलको दबाब भयो ।
,,,
रातसँगै म बसेर पिउँदा पिउँदै ढलेर 
चपाउन थालियो हड्डी त्यही पनि कवाव भयो ।
,,,
व्यथा भुलिंदोरहेछ संसार डुलिंदोरहेछ 
दूध दहीमा भन्दा पनि रक्सीमा लगाव भयो ।
- गणेश प्रसाद पौडेल "बहुरुपी" 
अर्जुन चौपारी गाउँ पालिका - ३ स्याङ्जा