दिपक अभिमन्यू

गजल: जीवन प्रतिको ईमानदारीता खोज्दै

Hollywood Khabar May 15,2017 Comments

रहस्यमय कथा भो जिन्दगी बाहिर सादा देखिने बन्द खामभित्र
खै केछ अर्थ?आफैलाई थाहा छैन अभिमन्यूको आफ्नै नामभित्र
दुई तिहाई जिन्दगी त बिती नै सक्यो अब जिउनु कति नै छ र
जति छ जिउन बाँकी यहाँ साथै डुब्ने चाह खुशीको त्यो जामभित्र
हातेमालो गरिकन जीवनको गन्तब्यमा पुग्नु नै छ आखिर हामी
जीवन प्रतिको ईमानदारीता खोज्दै दुनियाँका सारा छलछामभित्र
मुटुका हरेक चालसंगै मिठो स्पर्शको महसुस हुन्छ कि हुन्न कुन्नी?
मनको खुशी,उमङ्ग र ऊर्जा भेटिन्छ जिवन सिंगार्ने सर्जामभित्र
कति गरे कुन्नी थाहा छैन स्नेह माया र जीवन रक्षा आजसम्म
मायालु स्पर्श अनि अधरमा लुटपुटिने नाम हुन चाहे गुमनामभित्र