अभिमन्यू दिपक

गजल बार्दलीबाट जिन्दगीलाई नियालेर हेर्दैछु

Hollywood Khabar July 10,2019 Comments

बार्दलीबाट जिन्दगीलाई नियालेर हेर्दैछु आज   ।
मध्यरातमा आफ्नै सपनाहरु आफै सेर्दैछु आज ।।

सपना नदेख्ने को होला र तिम्लेझैं मैलेʼनि देखें ।
सपना नै बिथोलिने गरिकन कोल्टे फेर्दैछु आज ।।

उनको तस्बिरमा त्यस्तो के छ कुन्नी थाʼछैन ।
कहिल्यै नदेखे झैं गरि एकोहोरो हेर्दैछु आज ।।

बिहानीको चिसो सिरेटोमा न्यानो घामको चाह ।
आशैआशको मजेत्रोले जिन्दगीलाई बेर्दैछु आज ।।