कृष्ण के सी, अमेरिका, जुलाई ३, २०२२
नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंशिरमा सम्पन्न भएर अहिले २०७९ असार हुँदा ६ महिना बितेको छ। तर पनि सोहि महाधिवेशनको लागि भनेर नेपाली जनसम्पर्क समितिहरु मार्फत नयाँ र नवीकरण गरिएका क्रियाशील सदस्यहरु को को थिए अझै थाहा छैन। अब त्यहि महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका महामन्त्री विश्वोप्रकाश शर्मालाइ मामिले के नाताले चिन्ने?
केहि दिन देखि नेपाली कांग्रेसका महामन्त्री विश्वोप्रकाश शर्मा कांग्रेसका दर्जन जति ज्ञात अज्ञात नेताहरुहरु लिएर अमेरिकामा हुनुहुन्छ। थाहा छैन तरपनि सुनिए अनुसार उहाँलाइ गैरकांग्रेसीहरु या राजनीति भन्दा बाहिर रहेका गैरआवासीय नेपालीहरुको सदस्यताको पैसाले फ्लाइट टिकेट किनेर बोलाइएको भन्ने आरोप छ।
उसो त नेपाली कांगेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा पनि अमेरिकामा नै हुनुहुन्छ। उहाँ भने आफ्नो निजी भ्रमणमा आउनु भएको हो, कसैको चुनिदाममा होइनन। तर पनि उनले क्यालिफोर्निया र डिसी महानगरमा नेपाली समुदाय र नेपाली महावाणिज्यदूतावास, नेपाली राजदूताबाससम्मको अर्थपूर्ण कुटनैतिक भेटघाट गर्नुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वोप्रकाश शर्मालाइ सबैले राजनैतिक क्षेत्रका बौद्धिक भनेर चिन्दछन। तर नेपाली कांग्रेस पार्टी एउटा प्रजातान्त्रिक पार्टी भएकोमा यसको सदस्ता खुला रुपमा हुनुपर्ने हो भन्ने हामी जस्ता अज्ञानीहरुको बुझाइ हो। यसमा नेपालको निर्वाचन आयोगको ऐन-कानुनले दिएकको हदभित्र रहेर जो कसैले पनि आफैंले नेपाली कांग्रेस पार्टीको सदस्यता लिने र मन नलाग्दा त्याग्ने हुनुपर्ने हो।
तर त्यो सदस्यता मात्र होइन एउटा कम्युनिष्ट पार्टीको जस्तो साधारण र क्रियाशील सदस्यता बनाएर सदस्यता लिन नै कठिन र लडाइ हुने गरेको छ। सदस्यता लिने होइन छानेर दिने गरिएको छ। त्यसमा पनि भेदभाव गरेर आफ्ना र अर्को भनेर दिने गरिन्छ। कतिपयको सदस्यता त बिचमा नै गायब गरिन्छ भन्ने गुनासो देखिएकै हो। सदस्य्टताको बिषयमा पार्टीमा लडाइ परेर बिशेष बैठक बसेकै हो। यसो किन भएको र यसको समाधान के हो महामन्त्री विश्वोप्रकाश शर्माज्यू?
तपाइँ अहिले अमेरिकामा हुनुहुन्छ, यहाँको अमेरिका बसाइ सुखद रहोस भन्ने मेरो शुभकामना छ । यसै प्रसँगमा जोडिएको भनेर सुनिएको तर प्रमाण नभएको जानकारी अनुसार तपाइलाइ अमेरिकामा बस्ने नेपाली कांग्रेसका समर्थक मात्र होइन बामपन्थी र गैरराजनैतिक क्षेत्रका व्यक्तिहरु समेतका व्यक्तिले तिरेको सदस्यताको पैसा खर्च गरेर बोलाइएको आरोप छ। तपाइँ आफ्नो खर्चमा आउनु भएको हो, कसिले बोलाएको हो या अन्य कुरा हो। तपाइँ राजनैतिक रुपमा पार्टीको उच्च पद धारण गरेको व्यक्ति भएकाले यसबारे के भन्नुहुन्छ महामन्त्री शर्माज्यू?
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र अर्का महामन्त्री गगनकुमार थापाले आफ्नो जिजी फाइदाको लागि गैरआवासीय नेपाली संघ फुटाएर र डुबाए। संघका रसियन कम्युनिष्ट माफिया डा उपेन्द्र महतो र जिबा लामिछानेले उपसभापति र महान्त्री दुबैलाई प्रयोग गरेका हुन्। उहाँहरुलाइ प्रयोग हुनुपर्ने बाध्यता के थियो, कति मुरी या क्विण्टल थियो या अरु के थियो यसको आधिकारिक जवाफ के हो महामन्त्री विश्वोप्रकाश शर्मज्यू ?
एउटा भारतीय नागरिक नेपालको अन्तराष्ट्रिय एयरपोर्टमा ओर्लिएर कसरी बाहिर निस्कन्छ र हामी नेपालमा नै जन्मेका आफ्नी आमा भेट्न जाँदा कसरी निस्कन्छौं। यो बिचको फरकको जवाफ के हो महामन्त्री विश्वोप्रकाश शर्मा ज्यू? के हामीले भारतीय नागरिक सरहको सुविधा पनि नपाउने हो ? उसो भए एउटा अमेरिकन गोरा र हामीमा केहि फरक छैन। तपाइँलाइ हामीले किन चिन्ने महामन्त्री विश्वोप्रकाश शर्माज्यू?
नेपाली कांग्रेस पार्टीको महाधिवेशनका लागि प्रतिनिधि चाहिं लैजाने अनि क्रियाशील सदस्यता चाहिं महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म पनि लिष्टमा नहुने, को र के भनेर थाहा नहुने हो भने त्यसको जवाफ कसले दिने महामन्त्री विश्वोप्रकाश शर्माज्यू ?
अरु दर्जनौं प्रश्नहरु छन् कुनै दिन सोधौंला। हामी तपाइका दुश्मन होइनौ तर जवाफ चाहिं जरुर खोज्दछौं। यहाँका उपसभापति पूर्णबहादुर खड्का र अर्का महामन्त्री गगनकुमार थापा चाहिं आम गैरआवासीय नेपालीका बिरोधि हुन्। यसलाई उहाँहरुले गत मार्च २०२२ मा प्रमाणित नै गरिदिनुभएको छ। किन त्यसो गर्नु भएको हो त्यसको कारण चाहिं यहाँले नै सोधिदिनुहोला महामन्त्री विश्वोप्रकाश शर्माज्यू।
अन्तमा; यहाँको राजनैतिक भविष्य उज्जल आम नेपाली नागरिकको सामाजिक र आर्थिक जीवन उकास्नको लागि भएको होस, हार्दिक शुभकामना!
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु