-पुरा जोड भ्याक्शिन लगाएपछि क्यालिफोर्नियामा पनि मास्क अफ गर्न पाइन्छ त ?

पुरा जोड भ्याक्शिन लगाएपछि क्यालिफोर्नियामा पनि मास्क अफ गर्न पाइन्छ त ?

Hollywood Khabar May 18,2021 Comments

पुरा डोज भ्याक्शिन लिएपछि CDC ले निश्चित अवस्था बाहेक मास्क अफ गर्न दिएको छ तर स्टेट अफ क्यालिफोर्नियाले भने त्यसलाई केहि परिमार्जन गरेको छ।

अमेरिकाले कोभिड १९ को भ्याक्शिन लगाउने काम नियमति गरेको छ। मे १५, २०२१ मा न्यूयोर्क टाइम्सले अमेरिकाका ७०% बयस्कहरुले भ्याक्शिन लगाएको रिपोर्ट उल्लेख गरेको छ। तर क्यालिफोर्निया राज्यले जुन १५ सम्म पुरा भ्याक्शिन लगाउने काम सकेर अर्थतन्त्र पूर्ण रुपमा खुला नगरिए सम्म मास्क अफ नगर्ने भएको छ।

सिडिसीले पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित स्थान बाहेक मास्क अफ गर्न पाउने नीतिको घोषणा गरे पनि क्यालिफोर्नियामा भने केहि निश्चित अवस्थामा भने पुरा डोज भ्याक्शिन लगाएर १५ दिन कटेपछि भने मास्क अफ गर्न पाइने भएको छ।

क्यालिफोर्नियाले जुन १५ देखि अर्थतन्त्र पूर्ण रुपमा खोल्ने योजना गरेको छ। त्यो अबधि सम्म भ्यक्शिन लगाउने काम द्रुत गरिमा गरेको छ। कोरोनाको लागि सचेतनता र केहि मापदण्ड पनि कायम नै गर्दै आएको छ।

यस बिषयमा एबिसी न्यूजले सम्प्रेषण गरेको समाचार अनुसार:

  • १. सिडिसीको गाइडलाइन अनुसार फाइजर, मोडर्ना र जे एण्ड जे को पुरा डोज भ्याक्शिन लगाएकर २ हप्तापछि पब्लिकमा मस्क लगाउनु पर्दैन। तर भिड-भाड हुने ठाउँ, पार्टी, म्यूजिक फेस्टिभल, सामाजिक भेला, बिबाह, परेड जस्ता जमघट, ठुला सपिङ्ग मल, हवाई उडान, ट्रेन, बस लगायतका ठाउँमा भने मास्क लगाउनु पर्नेछ।
  • २. पुरा डोज भ्याक्शिन लगाएपछि वाक गर्दा, रनिङ्ग गर्दा, बाइक (साइकल) चड्दा, बाहिर खाना खाँदा, (फरक परिवारका भए पनि) मास्क लगाउनु पर्दैन।
  • ३. यदि इन्डोर या आउट्डोरमा ठुलो भेलाको आयोजना गरिएको भए पनि सबैजना पुरा डोज भ्याक्शिन लगाएका छन् भने मास्क लगाउनु पर्दैन।
  • ४. अन्यथा क्यालिफोर्नियामा भने पुरा डोज भ्याक्शिन लगाएकाले पनि आउट्डोरमा अरु मान्छे भन्दा ६ फिट पर बसेर मास्क अफ गर्न सक्छन।
  • ५. कोहि अरु मानिस वरिपरि छैनन भने (क्यालिफोर्नियामा) पुरा डोज भ्याक्शिन लगाएपछि वाक गर्दा, रनिङ्ग गर्दा, बाइक (साइकल) चड्दा, बाहिर खाना खाँदा, मास्क लगाउनु पर्दैन।तर फेस कभर भने साथमा हुनुपर्छ र अरुको नजिक पर्दा लगाउनु पर्छ।

जुन १५ पछि क्यालिफोर्नियमा के हुन्छ त ?

  • १. क्यालिफोर्नियाले जुन १५ पछि सिडिसीको गाइड लाइनलाइ नै पुरा रुपमा मान्ने छ र सोहि अनुरुप खुला गर्नेछ।
  • २. त्यो समय पछि पुरा डोज भ्याक्शिन लगाएकाहरुले सबैजसो गतिबिधिहरु इन्डोर र आउट्डोरमा लगभग पुरैजसो खुल्ला रुपमा गर्न पाउने छन। जिम, बर, ग्रोसरी, मुभीहल, सबै धर्मका चर्च इत्यादिमा पनि खुला रुपमा जान पाउने छ।
  • ३. तर केहि क्षेत्रमा भने जुन १५ पछि पनि क्यालिफोर्नियामा मास्क लगाउनु पर्नेछ। जस्तो कि अस्पताल, जेल, होमलेस सेल्टर, हवाई उडान, रेल, बस इत्यादिमा मास्क लगाउनु पर्छ।
  • ४. क्यलिफोंरियामा सबैजनाले भ्यक्शिन लगाएपछि भने मस्क पुरा रुपमा अफ गर्न पाउनेछ।
  • ५. कस्को, वाल्ग्रिन, स्टारबक्स, ट्रेडर्स जो जस्ता ठुला कम्पनिले सिडिसीको गाइडलाइन अनुसार गर्ने भनेता पनि स्थानिय राज्य कानुन अनुसार क्यालिफोर्नियामा भने मस्क लगाउनु पर्ने नीति लिएका छन्। त्यसैले तपाइलाइ अझै पनि मास्कको आवश्यक साथमा नै पर्दछ।