फाष्ट ट्रयाक तोकिएकै समयमा सम्पन्न गर्छौं :नेपाली सेना 

Hollywood Khabar September 19,2018 Comments

३,अशोज,काठमाडौँ।काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)तोकिएकै समयमा सम्पन्न हुने नेपाली सेनाले जनाएको छ।नेपाली सेनाले निर्माण गर्ने राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको द्रुतमार्ग नेपाल सरकारको प्रचलित नियम कानुन र मूल्य मान्यता अनुरुपहुने हुँदासमयमै निर्माण पूरा हुने सेनाले बताएको हो। सैनिक मुख्यालय जङ्गी अड्डामा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै  द्रुतमार्ग आयोजनाका प्रमुख तथा रथी योगेन्द्रबहादुर खाँणले सबैको चासोको विषय रहेको फाष्ट ट्रयाक कार्यतालिका, कार्ययोजनाका आधारमाकामलाई अघि बढाइएको भन्दै तोकिएको समयभित्रै निर्माण हुने बताएका हुन्।यसका लागि सडकको रेखाङ्कनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको आयोजना प्रमुख खाँडले बताए। 

नेपाली सेनाले सस्तो र गुणस्तरीय प्रविधि मार्फत छिटो निर्माण सम्पन्न गर्दछ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई सङ्गठनले इतिहास रच्ने अवसरका रुपमा लिएर काम गरिएको पनि  खाँडले बताए।द्रुतमार्गले काठमाडौँ र तराईलाई भावनात्मक र भौगोलिकरुपमा जोड्ने विश्वास सेनाले लिएको प्रवक्ता गोकुल भण्डारीले बताए।प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ।नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म एक हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ।

द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको छ ।उक्त कम्पनीसँग यही महीनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने तथा सम्झौता भएको चार महिनाभित्र करीब १० करोड १५ लाखको लागतमा  डिपीआर तयार हुने पनि सेनाले जनाएको छ।मानवीय क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाउंदै निर्माणमा खटिने सेनालाई थप सुविधा उपलब्ध गराइएको फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका रुखको ठाउँमा एक रुख बराबर अर्को ठाउँमा २५ वटाका दरले बृक्षारोपन गर्नेपनि सेनाले जनाएको छ।