सरकारले विदेशमा कार्यरत कामदारलाई कर्मचारी सरकारी स्वामित्वको कर्मचारी सञ्चय आबद्द गराउन पहिलो चरणमा साउदी, कतार, युएई, कुवेत लगायत खाडी मुलुकहरुबाट कामदारको रकम कोषअन्तरगत ल्याउने प्रक्रिया थालिने छ।
त्यसपछि लगत्तै मलेसियाका नेपाली कामदारलाई पनि कोषमा आवद्ध गर्ने योजना कोषले विदेशमा कमाएको पैसा बचत गराउने गरी ऐन संशोधन गराइसकेको छ।नियमावलीका लागि कोषले मस्यौदा तयार गरिसकेकोले अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदले यसलाई स्वीकृति दिएपछि विदेशमा बस्ने नेपालीको बचत सञ्चय कोषमा ल्याउने प्रक्रियाको थालनी हुनेछ ।
आर्थिक वर्ष २०७४/७५ बाट विदेशमा काम गर्ने नेपाली पनि सञ्चय कोषमा आवद्ध हुन सक्ने बताइएको छ।खाडी राष्ट्रमा भने नेपालीहरु संगठित रुपमा रहेकाले यो व्यवस्थाको कार्यान्वयन सहज हुने अनुमान कोषको छ । पहिलो चरणमा खाडीबाट सुरु गरेर त्यसलाई क्रमशः अन्य देशहरुमा पनि विस्तार गर्ने कोषको योजना रहेको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु