स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ :निर्वाचन आयुक्त यादव

Hollywood Khabar January 16,2017 Comments

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ। यादवले दुई वा तीन चरणमा स्थानीय निर्वाचन  गर्नुपर्ने भन्दै  त्यसका  लागि सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने बताउनुभयो।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले  माघ १५ गतेभित्रै ऐन/कानूनहरु दिएमात्रै वैशाखको अन्तिममा निर्वाचन सुरु गरी जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिने बताउनु भयो ।
यादवले  चैतमा चुनाव हुन नसक्ने भन्दै निर्वाचन आयोगले अहिले पूरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको बताउनुभयो । मतदाता नामावली संकलन, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतपरिणाम, मतपेटिका, मसलदन्द, मानव संशोधन आवश्यकहुदा यसको गृहकार्यमा आयोग जुटेको बताउनुभयो  ।
प्रमुख आयुक्त दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचन पनि गर्न आयोग तयार रहेको भन्दै पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि सम्भव रहेकोलेदुवै निकायको चुनाव एकैचोटि गर्न सभव भएपनि प्राविधिक रुपमा समस्या हुने यादवले बताउनुभयो ।