-दुबईको वल्र्ड ट्रेड सेन्टरमा नेपाल टुरिजम टुर कार्यक्रम हुने

दुबईको वल्र्ड ट्रेड सेन्टरमा नेपाल टुरिजम टुर कार्यक्रम हुने

Hollywood Khabar August 14,2022 Comments

लालबहादुर ढेंगा दुबई, युएई, दुबई

महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा यहि आउंदो २१ अगष्ट आइतबारका दिन दुबईको वल्र्ड ट्रेड सेन्टर शेख राशिद विशाल हलमा नेपालबाट आउने एक दर्जन जति सुपर स्टार कलाकारहरुको भव्य प्रस्तुतिमा नेपाल इभ टुरिजम टुर सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ।

धेरै बर्षपछि व्यवस्थित ढंगबाट नेपाली कलाकारहरुको ठूलो संख्या भएको एतिहासिक सांगीतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम हुन लागेको हो। उक्त कार्यक्रमका लागि नेपालबाट कलाकारहरुको जम्बो टोली आउने भएका छन्। जसमा महानायक राजेश हमाल, चर्चित नायिका केकि अधिकारी, स्वस्तिमा खड्का, कमेडियन सन्दीप क्षेत्री, गायक शिव परियार, खेम सेन्चुरी, गायिका सुनिता दुलाल, स्मिता दाहाल, चर्चित मोडल अन्जली अधिकारी र तेरिया फौजा मगर रहेका छन्। जसमध्ये धेरै कलाकारहरु दुबईका लागि पुराना भैसकेका छन् भने कतिपय कलाकारहरुका लागि दुबई सहर नौलो हुने छन्।

यसपालिको कार्यक्रममा नेपाली मात्र नभएर स्थानीय नागरिकका साथै अन्य राष्ट्रका नागरिकहरुको पनि उल्लेखिय उपस्थिति रहने भएका छन्। नेपाली संगीतलाई अन्य राष्ट्रका दर्शकहरुले पनि स्वाद लिने माहौल सिर्जना देखिन्छ ।

नेपालको पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिको संवद्र्धनका लागि पहिलो पटक यस्ता खालका कार्यक्रमले देशभित्र बढि भन्दा बढि पर्यटकहरु सहज र सरल रुपमा भित्र्नुमा टेवा पुग्ने आशा गरिएको छ । हाम्रो देश नेपाल धेरै पुराना पर्यटक स्थल, विश्वका सबै भन्दा अग्लो सगरमाथा, कला संस्कृति र अथाह बनस्पतिको धनी देश हो।

त्यसैले बिदेशी पर्यटकहरुको भ्रमणका लागि नेपाल पहिलो रोजाईमा पनि पर्ने गर्दछ। देशको अर्थतन्त्र धान्नमा पर्यटन क्षेत्रको ठूलो भूमिका रहेको छ। तसर्थ खाडी मुलुकहरुबाट ठूलो संख्यामा पर्यटकहरु भित्र्याउनमा लक्ष्य गरिएको आयोजकले बताएका छन् । खाडी मुलुकको मध्ये पूर्व राष्ट्रहरुबाट धेरै संख्यामा पर्यटकहरु भित्र्याउन सकियो भने नेपालका लागि ठूलो उपलब्धी सावित हुने छ। ड्रिमहाई नेपालको आयोजना र ब्लु चिप ग्रुप अफ कम्पनीजको मुख्य प्रायोजनमा हुन गइरहेको कार्यक्रमको संयोजक भने कमल जिसी रहेको छ।

नेपथ्यबाट कार्यक्रमबाट सुरुवात गरेको जसमा नेपाल मिडिया अवार्ड, नेप्था अवार्ड–२०७५, मेगा स्टार अनमोल केसी नेपाल टुर, मेचीदेखि महाकालीसम्म चार सयभन्दा पनि धेरै कार्यक्रमहरु आयोजना गरिसकेका छन्। नेपालमा आयोजना गरिने कार्यक्रमहरुबाट अनुभव बटुलेका जिसी अब भने अन्तर्राष्ट्रिय क्षेत्रका कार्यक्रममा हानिएका पाईन्छ।पच्चीस सयदेखि तीन हजारसम्म क्षमता भएको हलमा पच्चीस सयसम्म दर्शकहरु भित्र्रयाउने तयारी गरिएको बताएका छन् ।

विश्व माहमारी कोभिड–१९ पश्चात यो ठूलो आयोजनामा पर्न गएको कार्यक्रमलाई आम दर्शकहरुले पनि निकै चासो देखाएको पाईन्छ । नेपालको पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिको संरक्षणका साथै यस कार्यक्रमबाट आएको रकम अति नै दुर्गम र गाउं घरमा एम्बुलेन्स सहयोग गर्ने जनाएको छ।यस कार्यक्रमलाई भव्य र सव्य बनाउनका लागि आयोजक टिम तयारीलाई अझै तीर्व पारेको पाईन्छ । कार्यक्रमको टिकट शुल्क डिराहम ५० र १०० रहेकोमा ५० वाला लगभग सकिन लागेको र १०० वाला मात्र रहेको जानकारीमा समेत आएको छ।

कसैलाई जानकारी या टिकट आवश्यक परेको खण्डमा होमनाथ कुंवर ०५५ ८७६९६०५, जीवन कुंवर ०५६ १९५५०६१, हरि डांगी ०५२ ३३४७०६६ र बिष्णु गिरी ०५६ ४८९१२६२ यो नम्बरमा सम्पर्क गर्न सक्नु हुने छ। टाढाको दर्शकहरुका लागि आउन र जानलाई सात वटै स्टेटबाट बिशेष यातायातको पनि सुविधा गरिएको छ।