-न्यूरो सर्जन डा रोकाको वान हन्ड्रेड एट कबिता संग्रह विमोचन गरिएको छ

न्यूरो सर्जन डा रोकाको वान हन्ड्रेड एट कबिता संग्रह विमोचन गरिएको छ

Hollywood Khabar June 04,2019 Comments

डा यमबहादुर रोका पेसाले न्युरो सर्जन हुन्। विराटनगरमा कहलिएका यी डाक्टरले अब परिचय बदलेका छन् कवि रोका बनेर । उनको पहिलो कविता कृति वान हन्ड्रेड एट पोइम्सको पहिलो शृंखला बिहीबार राजधानीमा विमोचन गरिएको छ ।

पत्रकार सम्मेलन ढाँचामा गरिएको विमोचनका प्रमुख वक्ता उनी नै थिए । उनले सानैदेखिको आफ्नो कविता लेखनको सौखलाई यथार्थमा बदलेको बताए । कितावको विमोचन कविकी आमा मेनकुमारी रोकाले गरिन् । उनले आफ्नो डाक्टर छोराले अंग्रेजी कविता लेखेको पाउँदा आफू गदगद भएको बताइन् ।

कविता दिमागले होइन, मनले लेखिन्छ डा रोकाले भने, उपचारपछिको सन्तुष्टि, विरामीको अनुहारको मुस्कानजस्ता अवस्था कविताका मलिला वातावरण हुन् । उनले १०८ को सम्बन्ध विभिन्न धर्म हुँदै विज्ञानसम्म भएकाले आफूले पहिलो माला उनेको बताए । यही नामको चार शृंखलामा पुस्तक निकाल्ने आफ्नो योजना पनि उनले सुनाए। उनले कवितामा राजनीति, समाज, दर्शन, प्रेमजस्ता विविधतायुक्त पाटो समेटेका छन् ।

पुस्तक पिस बुक प्रालिले प्रकाशन गरेको हो । अध्यक्ष पार्वती भण्डारीले प्रकाशनको ‘बोहोनी’ डाक्टरको अंग्रेजी कविताबाट गर्न पाएकामा खुसी व्यक्त गरिन् । साथै, पिस बुकलाई मूलधारमा तीव्रतासाथ लैजाने घोषणा पनि गरिन् । लेखनकुञ्जका अध्यक्ष कमल ढकालले डाक्टर साहित्यमा आउनु यस क्षेत्रका लागि गर्वको विषय रहेको बताए ।