कृष्ण के सी/अमेरिका
Equifax Inc ले आज सेप्टेम्बर ७, २०१७ मा दिएको जानकारी अनुसार एउटा क्रेडिट साइटको साइबर ह्याकले गर्दा १४३ मिलियन कम्जुमर प्रभावित हुने भएका छन। बिशेष गरी हाल सालै मात्र क्रेडिट चेक गर्नुभएका व्यक्तिहरु हुनुहुन्छ भने तपाई पनि त्यो ह्याकबाट प्रभावित हुन सक्नुहुन्छ।
नाम, सोसियल सेक्यूरिटी नम्बर, जन्म मिती, ठेगाना, ड्राभर आइडि जस्ता कुराहरु ह्याक भएका छन। खास गरी मे देखि जुलाई २०१७ सम्मका फाइलहरु प्रभावित भएको प्रारंभिक अनुसन्धानले बताएको छ।
त्यसैगरी २०९,००० जनाको क्रेडिट कार्ड नम्बर समेत प्रभावित भएको सुचनामा छ। १८२,००० अमेरिकी कन्जुमरहरुको व्यक्तिगत सुचना प्रत्यक्ष रुपमा ह्याकरले एक्सेस लिएको अनुमान गरिएको छ। यसबाट यूके र क्यानाडाका समेत कन्जुमर प्रभावित भएको अनुमान गरिएको छ।
तपाइको आफ्नो सुचना प्रभावित भएको छ या छैन भनेर हेर्नको लागि तलको लिंकमा गएर आफ्नो सुचना इनरोल गर्नुहोस। इनरोल गर्दा लास्ट नेम र सोसियल सेक्यूरिटीको अन्तिम ६ डिजिट आवश्यकता पर्छ। सिस्टमले तपाइको सुचना निशुल्क रुपमा, तत्काल प्रभावित भएको या न भएको जानकारी दिन्छ।
https://www.equifaxsecurity2017.com/
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु