करोडको लगानीमा खुल्यो सर्कल लाउन्ज तथा गजल रेष्टुरेन्ट

Hollywood Khabar July 22,2017 Comments

सुकदेव चापागाईं/काठमाण्डौ
राजधानीको ठमेल नजिकै लेखनाथ मार्गमा सुविधा सम्पन्न लाउन्ज तथा गजल रेष्टुरेन्ट सञ्चालनमा आएको छ। दुई युवा व्यवसायी आयुष ठकुरी (अमित) र लक्ष्मण खड्काले करिब एक करोडको लगानीमा सर्कल लाउन्ज तथा गजल रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
रेष्टुरेन्ट व्यवसायको क्षेत्रमा लामो समयदेखि क्रियाशील ठकुरी र खड्काले पहिलो पटक गजल रेष्टुरेन्ट सञ्चालन गरेका हुन्। बिहान र दिउासोको समयमा उक्त रेष्टुरेन्टमा विभिन्न किसिमका खानाका परिकारहरु पाईने र सााझ सात बजेदेखि प्रत्यक्ष गीत संगीतको मजा लिन सकिने सञ्चालक ठकुरीले बताए। सञ्चालक ठकुरीले सर्कल लाउन्ज तथा गजल विशुद्ध पारीवारिक रेष्टुरेन्ट भएको जानकारी दिए।
पारीवारिक वातावरणमा खानाको स्वादसागै गीत संगीतको मजा लिन सकिने उनको भनाई छ । यस रेष्टुरेन्टमा नेपाली, थाई, कन्टिनेन्टल, ईण्डियन तथा ईटालियन गरी विभिन्न प्रकारका खानाको स्वाद लिन पाईने ठकुरीले बताए। पछिल्लो समय राजधानीका अति व्यस्त मानिने ठाउाहरु ठमेल, दरबारमार्ग र लाजिम्पाट लगायतका क्षेत्रमा सुविधा सम्पन्न यस्ता रेस्टुरेन्टहरु खुल्ने क्रम बढ्न थालेको छ। नेपाली उपभोक्ताहरुको आकर्षण पछिल्लो समय गजल तथा लाईभ म्युजिक हुने रेष्टुरेन्टप्रति बढ्न थालेको छ ।