-क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

Hollywood Khabar May 10,2021 Comments

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्।

स्टेट अफ क्यालिफोर्नियाले कोभिड १९ को महामारीका कारण समस्यामा परेका बासिन्दाहरुको राहतको लागि गोल्डेन स्टेट स्टिमुलस प्ल्यान ल्याएको छ। क्यालिफोर्नियाको Franchise Tax Board ले The Golden State Stimulus नाममा कम आम्दानी भएका परिवार-व्यक्तिहरुको लागि यो प्लाज ल्याएको जनाएको छ।

एक पटकको लागि मात्र दिइने यो सपोर्ट कसले पाउने त ?

  • सबै मापदण्ड पुरेक व्यक्ति र परिवारले एक पटक ६०० या १२०० को भुक्तानी पाउनेछन
  • २०२० को ट्याक्स फाइल गरेको हुनुपर्छ
  • २०२० मा बर्षको करिब आधा या बढी समय यो राज्यमा बसेको हुनुपर्छ
  • भुक्तानीको समय क्यालिफोर्नियाको वासिन्दा भएको हुनुपर्छ
  • तपाइँलाइ अरु कसैले डिपेण्डेण्ट क्लेम गरेको हुनुहुंदैन
  • ट्याक्स पेयर Individual taxpayer identification number अथवा Social Security Numbar भएको हुनुपर्छ
  • २०२० मा ७५ हजार भन्दा कम आन्दानी गरेको
  • तर ओक्टुवर १५, २०२१ पहिला नै ट्याक्स फाइल गररेको हुनुपर्छ

यदि यो सबै मापदण्ड पुरा गरेको छ भने ट्याक्स फाइल गरेको ४५ दिन भित्रमा डाइरेक्ट डिपोजिट या चेक मेल पाउनुहुनेछ।