गोरु जुधाएर माघे सङ्क्रान्ति पर्व मनाइदै

Hollywood Khabar January 10,2017 Comments

माघे सङ्क्रान्तिको अवसरमा यसबर्ष पनी नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ ।रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले पत्रकार सम्मेलनमा यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको बताउनु भयो ।


परम्परागत रुपमा मनाउँदै आएको गोरुजुधाइँ मेलालाई पर्यटकीय आकर्षकको केन्द्र बनाउनुपर्ने भन्दै नुवाकोट र रसुवाका किसानले माघेसङ्क्रान्तिमा गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् । करिब दुई सय वर्षअघि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्सेनि माघेसङ्क्रान्तिमा तारुका गोरु जुधाइने गरिन्छ ।


तारुका माघे सङ्क्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिनुभयो । गोरु जुधाइका क्रममा गोरु घाइते भएको खण्डमा १० हजार र मरेमा २५ हजार दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।