-केपी ओली कारबाही गर्दै एक्लै बन्दै, नेपाल, रावल पछि भुसाल र पाण्डेलाइ कारबाही

केपी ओली कारबाही गर्दै एक्लै बन्दै, नेपाल, रावल पछि भुसाल र पाण्डेलाइ कारबाही

Hollywood Khabar March 31,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधब कुमार नेपाल, उपाध्यक्ष भिम रावल पछि उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेका छन्।

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट भुसाल र पाण्डे दुवै नेतालाई निलम्बन गरेका छन्। अघिल्लो पटक पार्टी वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका थिए। उनीहरु दुबैले त्यो कारबाहीलाइ अबैधानिक भन्दै आएका छन्।

यो पटकको कारबाही पछि एमालेका सचिव योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कार्बाही भद्दा मजाक भएको ट्विट गरेका छन्। ट्विटमा उनले भनेका छन्, ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकालः विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ। मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन्। कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ।