Bhaban Bhatta, NRNA VP, Laprak, Gorakha, Nepal

एनआरएनएको लाप्राक नमुना बस्ति प्रोजेक्ट्मा उपाध्यक्ष भट्ट

Hollywood Khabar January 23,2017 Comments

गैर आवासीय नेपाली संघले गोरखाको लाप्राकमा भुकम्प पिडितहरुको लागि नमुना बस्ति बनाउने प्रोजेक्टमा संघका अध्यक्ष डा शेष घले र आइसीसी सदस्य जमुना घले स्वयम आफ्नो करोडौंको ब्यबसाय छोडेर लामो समय देखि गोरखामै बसेर काम गर्दै हुनुहुन्छ।

सोही क्रममा संघका उपाध्यक्ष भबन भट्ट हाल गोरखामा पुग्नुभएको छ। केही समय अगाडि संघका दुवै उपाध्यक्षहरु भबन भट्ट र कुमार पन्तलाई चुनाव तिर धेरै चासो दिएको, संस्थाको काममा कम समय दिएको भन्ने आरोप लागेता पनि वास्तवमै अबभने सो प्रोजेक्ट प्रति एनआरएन नेताहरुको सहभागित हुनेक्रम बढ्दै गएको छ।

६१२ नमुना घर निर्माण गर्ने सो कार्यकामा आफु सहभागी हुनैपर्ने थियो म आएको छु।म तपाइहरु सबैलाई योगदान गर्न अनुरोध गर्दछु भन्दै उपाध्यक्ष भट्टले सम्पुर्ण एनआरएनहरुलाई अनुरोध गर्नुभएको छ।