Bhaban Bhatta, NRNA VP

बीबी ट्रस्टद्वारा गोरखामा सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान

Hollywood Khabar January 21,2017 Comments

गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले निजी रुपमा स्थापना गरिएको बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ । गोरखा जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने एक सार्वजनिक विद्यालय तथा सो परीक्षामा सर्वोत्कृट हुने एक छात्र र एक छात्रालाई सम्मानित गरिएको हो ।

जिल्लामै सर्वोत्कृष्ट हुने सरस्वती माध्यामिक विद्यालय आहाले भएको छ भने सर्वोत्कृष्ट हुने छात्र छात्रामा पनि सोही विद्यालयका क्रमशः प्रशान्त श्रेष्ठ र छात्रा दिक्षा सुनुवारलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री धनीराम पौडेलले प्रमाणपत्र, तथा जनही २५–२५ हजार पुरस्कार दिइ सम्मान गर्नुभयो  ।

बीबी ट्रस्टका अध्यक्ष भवन भट्टले यसअघि ४५ लाख रुपैयाँ रहेको ट्रस्टको अक्षय कोषको राशी बढाएर ५० लाख पुर्‍याउने घोषणागर्नु भयो  । गैर आवासीय नेपाली संघका उपाध्यक्षसमेत रहेका भट्टले विश्वका ७५ देशमा गैर आवासीय नेपालीको सञ्जाल रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको शैक्षिक विकासमा गैर आवासीय नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न सकिने बताउनुभयो।