https://www.youtube.com/embed/vvOjg-mo9Mo

-बसन्ती राईको बेबी बसन्तीलाइ भुवन केसीले सार्वजनिक गरे

बसन्ती राईको बेबी बसन्तीलाइ भुवन केसीले सार्वजनिक गरे

Hollywood Khabar November 02,2022 Comments

सन्तोष राई/लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो बेबी बसन्तीको नेपाली चलचित्रका नायक तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक छन्।

बसन्तीको म्युजिक भिडियो न्युयोर्कको ज्याक्सन हाइटस्थित गोरखा रेस्टुरेन्टमा एक भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा न्यूयोर्कका थुप्रै नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा गायिका बसन्तीले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्।

राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ। गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ। म्युजिक भिडियो गम्भीर विष्टले निर्देशन गरेक हुन्। भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्दे, उमेश राई लगायतको अभिनय रहेको छ।