दिपक अभिमन्यू

अमूर्त यौनकथा:बाथरुमको भित्तामा एउटाअश्लिल चित्र

Hollywood Khabar June 28,2017 Comments

“अब त अति भयो,कहिले जिब्रो पड्काउँदै पिछा गर्ने,कहिले सुसेल्दै आँखा झिम्काउने अनि बाथरुमको भित्तामा मेरै आकृती देखिने गरि अश्लिल चित्र बनाउने चाहिने नचाहिने लेख्ने कति हेपेको गधा ईडिएट।यस्ता कुरा सहिन्न।जुलिया कलेज जान निस्कदै गर्दा भुतभुताउदै थिइन्। ”

त्यही केटाहरूको काम होला।हाम्रो क्याम्पस त केटि जिस्काउने थलो भाछ केटाहरुलाई।निर्लज्जताको पनि सीमा हुन्छ।तीनका व्यवहारले सिङ्गै क्याम्पसको बदनाम भएको छ।होईन तीनका कोही दीदी बहिनी नै छैनन् कि के हो?यीनका व्यवहारले त सम्पूर्ण नैपाली दिदी बहिनीको अपमान गरेको छ तै पनि कलेज प्रशासन किन चुप छ।यसको प्रतिकार गर्नै पर्छ साथीहरू हो।मिनिस्कटमाथि सार्दै सुहानीले आक्रोस पोखी।

हाम्रो कलेजको नितान्त महिलाहरुले मात्र प्रयोग गर्ने बाथरुममा अनधिकृत रुपमा छिरेर जथाभावी लेख्ने अश्लिल तस्बिरहरु कोर्ने दोषी पत्ता लगाएर त्यसरी हाम्रो अपमान गर्नेलाई कार्वाही नगरेसम्म हाम्रो क्याम्पस अगाडिबाट कुनै गाडी चल्न दिने छैनौं। स्ववियु सभापतिले कड्केर आफ्ना प्रतिबद्धताहरु जाहेर गरिन।

सायद उसैका साथी हुन सक्छन त्यसो गर्ने त्यसैले जोन भन्दै थियो पढाइ तिर नलागेर के झिनामसिना कुरामा अल्झेको होला।स्ववियू त बिध्यार्थीको हकहितमा पो लाग्नु पर्छ भनेर कुरा मोड्दै बचाऊ गर्दै थियो।एक्कासी लेडिज स्याण्डल बर्सियो जोनमाथि यसैले होला भन्दै केटिहरु बर्षिए उ माथि।मलाई किन हात हालेको मेरो के दोष? मैले त स्वबियूले यस्ता झीना मसिना काममा अल्झिनु हुन्न पो भन्या भन्दा नि कोहि उसलाई सुनिरहेका थिएनन्।त्यतिलेनि नपुगेर कोहि घरमा आफ्ना लोग्नेसँग रिस पोख्दै थिए।

सडक भरी इट्टा र ढुङ्गा छरपस्ट थिए।क्याम्पस अगाडिको चोकमा टाएर बलिरहेको थियो।गृहमन्त्रीको राजीनामा माग गर्दै कानमा मुन्द्रा लगाएका र झ्यापुल्ले केश भएका  क्याम्पसमा केटिहरुकै पक्षमा वकालत गर्दै तीनकै वरिपरि मौरी झैं घुमीरहने र कलेजकै सराउण्डीङ्गमा देखिने केही केटाहरूले नारा लगाइरहेका थिए–महिलाहरुलाई हेप्न पाईदैन।नारीको सम्मान गर्न नसक्ने नारी अश्मिताको सुरक्षा गर्न नसक्ने क्याम्पस प्रशासन मुर्दावाद।नारीलाई अपमान जनक शब्दहरु प्रयोग गरि अपमान गर्नेलाई कार्बाहि गर।

केहि दिन कलेज बन्द भयो।परिक्षा आउदै थियो।पुन बिध्यार्थीहरुकै माग बमोजिम छानबिन समिती बन्यो र कलेज खुल्यो।बाथरुमको भित्तामा अश्लिल चित्र बनाउने चाहिने नचाहिने लेख्ने को कसबाट लेखिएको रहेछ भनी छानबिन गर्दा थाहा भो जो टायर बालेर नारा लगाइरहेका थे तीनै केटा रहेछन।छानबिन समितीको यस्तो प्रतिवेदन देख्ने बित्तिक्कै जुलिया अवाक भईन्।