NRNA:अफ्रिकामा चैते दशै मनाइयो

Hollywood Khabar March 24,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरिया र राष्ट्रिय समन्वय परिषद केन्याको आयोजनामा मार्च २५, २०१८ मा नाइजेरियाको लेगोस र केन्याको नैरोबीमा चैते दशैको उपलक्ष्यमा विविध कार्यक्रमका आयोजना भए।
संघका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाको आयोजनामा नाइजेरियामा सम्पन्न पुजा र भेटघाट कार्यक्रम र नैरोबीमा सम्पन्न कार्यक्रमको केन्या अध्यक्ष कृष्णदत्त भट्टले संयोजन गर्नुभएको थियो।
नाइजेरियाको कार्यक्रममा संघका नाइजेरिया अध्यक्ष जनक बिस्ट, अन्तरास्ट्रिय महिला उपसंयोजक मन थापा र आइसिसी सदस्य चिरन्जिबी रोकस समेतको उपस्थिती थियो। केन्याका कार्यक्रममा अफ्रिका उपसंयोजक डा भुवन ढकाल समेतको उपस्थिति रहेको थियो।