स्वीट्जरल्यान्ड सरकारले नेपाललाई कोभिड(१९ विरूद्धको एस्ट्राजेनेकाको एक लाख ४४ हजार डोज खोप सहयोग गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई खोप हस्तान्तरण गरेकी थिइन्।
एस्ट्राजेनेका अन्तर्गतको कोभ्याक्स खोप नेपाललाई उपलब्ध गराएको राजदूतावासले जनाएको छ। यसअघि पनि स्वीस सरकारले नेपाललाई पिसिआर किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको छ। यी सहयोग सन् २०२० अप्रिल यताका हुन्।
दूतावासका अनुसार अहिलेसम्म नेपालमा कोभिड(१९ विरूद्ध लड्न दुई करोड अमेरिकी डलर छुट्याइएको छ। साथै निरन्तर रूपमा नेपाल सरकारलाई सहयोग गर्ने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु