श्रमजिवी पत्रकारका पक्षमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । जहाँ श्रम समस्या, त्यहाँ नेपाल पत्रकार महासंघ भन्ने नाराका साथ महासंघले बुधबार काठमाडौंमा बृहत ऐक्यवद्धता प्रर्दशन गरेको हो ।
चाडवाडका बेला समेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको, कोरोनालाई देखाउँदै सञ्चारगृहबाट पत्रकारलाई निस्कासन गरेको भन्दै पत्रकार महासंघको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी पत्रकारहरुले ‘पेशागत अधिकार रक्षाका लागि आन्दोलन जारी छ’, ‘हामी पत्रकार चाहन्छौ श्रम अधिकार’, ‘सञ्चारमाध्यमभित्रको श्रम समस्या समाधान गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा महासंघका उपाध्यक्ष रमेश बिष्टले अहिले आन्दोलनको सुरुवातमात्र भएको भन्दै पत्रकारको हकहितका लागि सञ्चारगृहका साथै सञ्चारगृहका सञ्चालकको घरको ढोकामा धर्ना दिने चेतावनी दिए। त्यस्तै महासंघका महासचिव रोशन पुरीले श्रम समस्या सम्बोधनका लागि महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।
महासंघले पारिश्रमिकसँगै श्रमसँग जोडिएका अन्य समस्या समाधान हुनपर्ने माग अघि सारेको छ । त्यस्तै महासंघले अब पत्रकारको पक्षमा निरन्तर दवावमूलक कार्यक्रम गर्ने जनाएको छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु