मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा दुई अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको हो ।
अस्थायी मतदातामा सूचीकृत भएका मतदाताहरुले प्रतिनिधिसभाका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् । कैदीबन्दीका लागि जिल्ला कारागारमा र सुरक्षाकर्मी तथा अन्य कर्मचारीका लागि जिल्ला प्रहरी कार्यालयमा मतदानको व्यवस्था मिलाइने गौतमले जानकारी दिनुभयो । त्यस्तै निर्वाचन क्षेत्र नं १ मा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीहरुले अमरज्योति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्न पाउनेछन् ।
साथै, ककनी गाउँपालिका-२ को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट सशस्त्र प्रहरी बल तालिम केन्द्रका प्रशिक्षार्थीहरुले मतदान गर्ने व्यवस्था मिलाइने छ । नुवाकोटमा एक हजार सात सय २२ जना अस्थायी मतदाता छन् । जिल्लामा एक सय ३२ मतदानस्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले खटिएकै मतदानस्थलबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन् ।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...