आसन्न स्थानीय तह निर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत

आसन्न स्थानीय तह निर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत

Hollywood Khabar March 18,2022 Comments

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगको  बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार आगामी वैशाख ११ गतेदेखि १२ गतेसम्म २ दिन उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसैगरी वैशाख १२ गते नै मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी वैशाख १५ गते नै मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने आयोगले जनाएको छ ।