NRNA द्धारा वैदेशिक रोजगारीमा मृत्यु भएमा दिने राहत बृद्धीको स्वागत

Hollywood Khabar January 24,2017 Comments

Ref. N-399/015-17     GoN Registration No. : 01-2070/71

प्रेस विज्ञप्ति

आज मिति २०७३ माघ १२ गते नेपाल सरकारले वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा पीडित परिवारले क्षतिपूर्तिस्वरूप पाउँदै आएको रु. १८ लाखको रकममा ९ लाख रु. बृद्धि गरी रु. २७ लाख रुपैंया दिने र कामदारको स्वास्थ्य विमा तर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गर्ने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघ यस निर्णयको स्वागत गर्दै नेपाल  सरकार प्रति हार्दिक आभार प्रकट गर्दछ ।

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारमा जाने कामदारहरुको हकहितको सुरक्षाका लागि लामो समयदेखि सहकार्य गर्दै आएको र सुविधा बृद्धिका लागि घचघचाउादै आएको सन्र्दभमा यो निर्णय निकै स्वागतयोग्य छ । सरकारको आजको यस निर्णर्यले वैदेशिक रोजगारमा जाने सबै नेपाली कामदारहरुलाई खुशी  तुल्याएको छ ।

यसका अतिरिक्त बैदेशिक रोजगारमा गएका कामदारको सुरक्षाका लागि नेपाल सरकारसँग सहकार्य गरेर एक कल्याणकारी राहत कोषको स्थापनाको लागि पहल गरिरहेको छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीहरुले भोगिरहेका समस्या समाधानका लागि नेपाल सरकार वा कुनै संस्थाको एकल प्रयासले सम्भव नहुने भएकाले यसका लागि बहुपक्षीय र बहुराष्ट्रिय समन्वय जरुरी हुने हाम्रो मान्यता रहादै आएको छ । नेपाल सरकारले गरेको यो निर्णयले परदेशमा पीडामा रहेका नेपाली दाजुभाई दिदीबहिनीको समस्या समाधानका लागि महत्वपूर्ण भूमीका खेलेको हामीले ठानेका छौं ।

अन्त्यमा, फेरी पनि यस निर्णयको स्वागत गर्दै वैदेशिक रोजगारमा जाने नेपालीहरुको हकहितको लागि संघ सदैव नेपाल सरकार र सरोकारवालाहरुसँग सहकार्य र समन्वय गर्न तत्पर रहेको जानकारी गराउँद छौं ।

 

रञ्जु थापा वाग्ले

प्रवक्ता,

अन्तर्राष्ट्रिय समन्वय परिषद्,

गैरआवासीय नेपाली संघ ।

मितिः २०७३ माघ १२