NRNA RC, Sonam Lama

अमेरिकाका NRN हरुलाई NRNA का RC सोनाम लामाको बिशेष अनुरोध

Hollywood Khabar January 24,2017 Comments

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाले सम्पूर्ण नेपाली अमेरिकनहरुलाई आगामी २०१७-२०१९ अबधीका लागि NRNA NCC USA को सदस्य बन्नुहुन अनुरोध गर्नुभएको छ।

संस्थाको सदस्य बन्नु भनेको केवल चुनावको लागि मात्र होइन, यह्बाट  फाइदाहरु छन्। हामी नेपाली समुदायको अमेरिकामा आफ्नो स्थिति थाहा दिन, NRN संस्थालाई मर्यादित बनाउन, नेपाल संगको सम्बन्धलाइ एउटा साँघुको रुपमा स्थापित गर्न, नेपालमा एकिकृत लगानीका अवसरहरु लिन-दिन, नेपाली नागरिकताको निरन्तरताको कुरामा पनि थप सुचना पाउने कुरा लगायत यस्ता धेरै कुराहरुले गर्दा सबैलाई बिधानत संस्थाको सदस्य बन्नुहुन हार्दिक अनुरोध गर्दछु लामाले भन्नु भएको छ।

दुई हप्ता अधि मात्र लगभग २ महिना नेपालमै बसेर गोरखाको लाप्राकमा भुकम्प पीडितहरुका लागि बनाइदै गरेको ड्रिम प्रोजेक्ट, संघको आफ्नै बिल्डिंङ्ग निर्माणमा समेत समय दिनुभएका लामा NRNA अमेरिकाको ५ औं साधारण सभाका लागि अमेरिका फर्कनु भएको थियो।

यसका साथै अमेरिकाबाट गोरखामा लाप्राक प्रोजेक्टका लागि भोलेण्टरहरुको ब्यबस्था गरि निर्माण कार्यमा साथदिन, सो प्रोजेक्ट, संघको बिल्डिंङ्ग निर्माणमा समेत आर्थिक र अन्य कुराहरुको सहयोगका लागि पनि उहाँले सबैमा अनुरोध गर्नुभएको छ।

उहाँले लाप्राकमा भोलेण्टर गर्न या भोलेण्टर टिम लिएर जान इछिच्तहरुका लागि ब्यबस्थापनबारे थप जिज्ञासा भए काठमाण्डौ अफिसमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।   

 

कृष्ण के सी 

रिजनल मिडिया कोअर्डिनेटर

गैर आवासीय नेपाली संघ, द अमेरिकाज

२५ जनवरी २०१७