आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले नयाँ महशुल दर लागू हुनेबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमाथि छलफल गरेर आयोगले नयाँ विद्युत महशुल दर लागू गरेको आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले बताए ।
उनले विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताहरुलाई इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने निर्णय गरिएको बताए । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिव २२ लाख ग्राहकहरुले लाभ लिने आयोगले जानकारी दिएको छ । आयोगले मासिक ४ सय युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरुको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ ।
आयोगले आन्तरिक रुपमा विद्युत खपत वृद्धि गराउन सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ युनिट भन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरायसी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न महशुल दर साबिकको भन्दा कम गरेको जनाएको छ । यस्तै सिँचाइका ग्राहकको महशुल दर पनि घटाएको छ । यसपटक सिँचाइका ग्राहकको महशुल औसतमा ४० प्रतिशतसम्म घटाइएको विभागले जनाएको छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु