विश्वभर २१ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७४ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २१ करोड ८४ लाख ७१ हजार २९८ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८६ लाख २६ हजार ९५३ छ । यसमध्ये १ लाख ६ हजार २०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ७५ हजार ४५३ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ५३ लाख ११ हजार ९५८ पुगेको छ ।
यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख ३२ हजार ३८७ नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ८०६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ३२ हजार ३८७ पुगेको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २७ हजार ९०८ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार १८७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ५७ हजार ८६३ जनाको मृत्यु भइसकेको छ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु