कर्णालीको बजेट प्रदेश सभाबाट पारित

कर्णालीको बजेट प्रदेश सभाबाट पारित

Hollywood Khabar July 11,2022 Comments

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।  

बजेटमाथि उठेका जवाफको मुख्यमन्त्री तथा मन्त्रीहरुले जवाफ दिइसके पछि मुख्यमन्त्री जीवन बहादुर शाहीले बजेट पारित गरियोस् भनेर प्रस्ताव राख्नु भएको थियो । सभामुख राजबहादुर शाहीले बजेट पारितका लागि निर्णाथ प्रस्तुत गर्नुभएको प्रस्ताव माथि सत्ता पक्षले प्रदेश सभा सदस्यहरुले हुन्छ भनेका थिए भने प्रमुख प्रतिपक्षले हुन्न भनेका थिए ।   

असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नु भएको थियो । सरकारले चालुतर्फ नौँ अर्ब १६ करोड ९९ लाख १० हजार रुपियाँ, पुंजिगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार रुपियाँ र  स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार रुपियाँ बजेट ल्याएको छ । सरकारले आगामी आर्थिक वर्षमा अधुरा तथा क्रमागत योजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।