https://www.youtube.com/embed/HH9MQ5AL3Cc

सञ्चारकर्मी दिपक थापाको “तिमी तिर गैरन्छ ध्यान मात्रै” को म्युजिक भिडियो सार्वजनिक

Hollywood Khabar August 30,2021 Comments

नुवाकोटका सञ्चारकर्मी तथा गायक दिपक थापाको लोकदोहोरी गीत “तिमी तिर गैरन्छ ध्यान मात्रै” को म्युजिक भिडियो सार्वजनिक भएको छ । थापाको आफ्नै लय शव्दमा रहेको उक्त दोहोरी गीतको भिडियो दिपक थापा अफिसियल युटुव च्यानल मार्फत सोमवार सार्वजनिक गरिएको हो ।

गीतमा थापा स्वंम र पार्वती कार्कीले आवाज दिएका छन् । निरेन श्रेष्ठको निर्देश्नमा निर्माण गरिएको म्युजिक भिडियोमा सुदर्शन खतिवडा, आयुष्मा कार्की, रामकुमार दुतराज र रामकुमार खतिवडाको अभिनय रहेको छ । कुलेखानी क्षेत्रमा छायाङ्कन गरिएको यस गितमा लोक तथा दोहोरी गायक मदन थापाले भिडियो निर्माणमा संयोजन गरेका थिए ।

थापाले लोक दोहोरी गीत “सानु खाको कसम तोडेर नजानु” को अडियो र तिज गीत “घिन्ताङ घिन्ताङ मादलु तालैमा नाच्ने हो” को भिडियो केही वर्ष अगाडी नै सार्वजनिक गरिसकेका छन् । तादी गाउँपालिका वडा नम्बर ३ कोषगाडेमा जन्मिएका थापाले काठे लोक ब्याटल “जुन तारा” मा पनि आवाज दिइसकेका छन् ।