कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्बाचित

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्बाचित

Hollywood Khabar December 15,2021 Comments

नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाएर विजयी भए भने गुरुङ १९०८ मतका साथ निर्वाचित भएका हुन् ।

विजयकुमार गच्छदार भने उपसभापति हुन २ मतले रोकिए । उनले १९०६ मत पाए । खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । चौथो स्थानमा रहेका डा। चन्द्र भण्डारीले १५८० मत पाए । सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।