कांग्रेसले उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार पुरस्कार दिने

कांग्रेसले उत्कृष्ट चुनावी गीत बनाउनेलाई २ लाख ७५ हजार पुरस्कार दिने

Hollywood Khabar April 15,2022 Comments


नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।

कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार(प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ । गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी।बी। गुरुङले बताए । उनले त्यसरी छनोट भएको गीतलाई पुरस्कार प्रदान गरिने बताएका छन् ।