स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो शुक्रबारसम्म चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज खोप नेपाल आउने जनाएको छ । मन्त्रालयका अनुसार चीनसंग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । बाँकी ४० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज १५ सेप्टेम्बरमा चीनको राजधानी बेइजिङ जादैछ सो जहाजले शुक्रबारसम्म ४० लाख डोज खोप काठमाडौं ल्याउनेछ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. सागर दाहालले नेपालमा भण्डारणमा रहेको खोप सकिएपछि थप ल्याउन लागिएको बताए । मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडेर्ना खोप ल्याउने टुङ्गो लागिसकेको बताएको छ । त्यसैगरी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सार्वजानिक रुपमै बताइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा पूरा मात्रा खोप लगाउनेको संख्या १७।४१ प्रतिशत पुगेको छ । त्यस्तै पहिलो मात्रा मात्र खोप लगाउनेको संख्या समेत हिसाब गर्दा खोप पाउनेको संख्या १९।४५ प्रतिशत छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्का काठमाडौं जिल्लामा पहिलो मात्रा खोप लगाउनेको संख्या ५१ र पूरा मात्रा खोप लगाउने ४१ प्रतिशत पुगेको बताउँछन् । हाल खोप सकिएकाले विदेश जानेहरुलाई बाहेक अरुलाई दिइएको छैन ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु