यस वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।विकास समितिका अनुसार कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा सदस्य यमद्वितीया भाइटीका,(किजापूजा)को उत्तम साइत रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।
२०७९ सालको तिहार-पर्वसँग सम्बन्धित दिन तथा साइतहरू:
१) वि.सं. २०७९ कात्तिक ५ गते, शनिबार, यमदीपदान, धनत्रयोदशी (धन्तेरस)
२) वि.सं. २०७९ कात्तिक ६ गते आइतबार, काकबली (कागतिहार), धन्वन्तरी जयन्ती ।
(३) वि.सं. २०७९ कात्तिक ७ गते, सोमबार, कुकुरतिहार नरकचतुर्दशी, विहान झिसमिसेमा तेल लगाएर नुहाउने, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४) वि.सं. २०७९ कात्तिक ८ गते, मंगलबार, गाईपूजा -
५) वि.सं. २०७९ कात्तिक ९ गते, बुधबार, गोवर्द्धनपूजा, वलीपूजा, हलितिहार, म्हपूजा, गोरूपूजा ने. सं. ११४३ प्रारम्भ
६) वि.सं. २०७९ कात्तिक १० गते, बिहीबार, यमद्वितीया भाइटीका (किजापूजा) बिहान ११:३७ बजे (उत्तर मोहडा)
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु