भदौरे झरीका कारण पछिल्लो तीन दिनमा बाढी र पहिरोमा परेर नौ जनाको मृत्यु भएको छ । मनसुनी विपत्बाट देशभर करिब चार हजार पाँच सय घर डुवानमा परेको र ९० हजार भन्दा बढी जनसंख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
त्यसैगरी चार जना वेपत्ता र पाँच जना घाइते भएका छन् । बाढी पहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुकका साथै ७ सय ५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ । प्राधिकरणका अनुसार देशका पहाडी र तराई क्षेत्रमा दर्जनभन्दा बढी सडक अवरुद्ध छन् । सडक विभागले अवरुद्ध सडक खुलाउन २ सय ५ वटा हेभी इक्विपमेन्ट परिचालन गरिएको जानकारी दिनुभयो । तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् ।
यसैबीच सप्तकोशी नदीमा हिजो यस वर्षकै उच्च वहाव मापन भएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनमा सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ । बहाव बढेपछि ब्यारेजका ३५ वटा ढोका खोलिएको छ । गत साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु