नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएका छन् । एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङले गौतमको राजीनामा आएको जानकारी दिए ।
गत पुसमा तत्कालिन ओली सरकारले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपा दुई मुख्य धारमा विभाजित हुँदा गौतमले तेस्रो धार बनाएका थिए । अहिले एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ बढी ढक्लिएका गौतमले एमाले त्यागेका हुन् । तर, उनी हालसम्म एकीकृत समाजवादीमा पनि गइसकेका भने छैनन् ।
गत पुसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिलेकाही सहभागी हुने गरेका थिए । एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन् । गौतम माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान्छन् कि छुट्टै पार्टी बनाउँछन् भन्ने यकिन छैन ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु