विजय थापा,वाशिंगटन डिसी
अमेरिकाको डिसी महानगर क्षेत्रको ग्रान्ड मास्टर एचकेली एकडेमी अफ तेक्वान्दो इन भर्जिनियाले नेपाली मूलका तेक्वान्दो प्रशिक्षक कृष्ण बहादुर बलाल लाई छैठौ कालो फित्ता उपाधि प्रदान गरेको छl
उक्त एचके ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत प्रशिक्षक बलाललाई पाठशालाले उनि सहित अन्य ५ जना छैठौ ब्लाक बेल्ट डिग्री प्रदान गरेको होl उक्त पाठशालामा नेपाली प्रशिक्षक ,खेलाडी तथा प्रतियोगितामा नेपालको व्यापक प्रतिनिधि रहने हुनाले उक्त तेक्वान्दो पाठशालामा नेपालको झन्डा शानदार सम्म भित्तामा अन्य देश संगै सजिएको छ l
बलालले नेपालको झन्डा रहेको उक्त प्रशिक्षण कक्षमा बिशेष प्रस्तुति गर्दै बिशेष समारोहमा बलाललाई छैठौ उपाधि ले सम्मान गरिएको छ l संस्थापक एचके ली कोरियन मुलका हुन् भने उनले नेपालीलाई माया गर्ने र विश्वास आफु भित्र रहेको बताउदै उक्त पाठशालाका पूर्व चेला तथा प्रशिक्षक कुमार कार्कीको नाम लिदै उनको भूमिकाको सराहना गरेका थिए l
प्रशिक्षक बलाल ले नेपाल बाट नै छैठौ कालो फित्ता उपाधि प्राप्त गरि सकेका हुन भने उनको गत मे १३ तारिखमा दोब्बर छैठौ उपाधि प्राप्त गरेका हुन्। उनि निर्णायक को भूमिका को निर्वाह गर्छन भने उनि क समुहका प्रमाणित निर्णायक पनि हुन् l बलाल बिश्वका ३० वटा देशमा टोलि नेता ,व्यवस्थापक ,निर्णायक तथा खेलाडीको रुपमा सहभागिता गरि सकेका छन् l उनि नेपाल अन्तर राष्ट्रिय तेक्वान्दो फेडेरेसन ,युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पूर्व अध्यक्ष पनि रही सकेका छन्l
सन् २०१२ देखि डीसी को ली तेक्वान्दो पाठशालामा प्रशिक्षकको रुपमा कार्यरत छन भने उनि नेपाल तेक्वान्दो फेडेरेसन का वरिष्ठ सल्लाहकार तथा युनाईटेड स्टेट्स ते क्वान्दो फेडेरेसनका सल्लाहकार पनि हुन् l
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु