बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा सोमबार देखि लागू भएको छ। मन्त्रालयले गत असोजमा कात्तिक एक गतेदेखि काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गर्ने निर्णय गरेको थियो।
मन्त्रालयले उपत्यकामा किलोमिटरका आधारमा भाडा बढाएको छ। जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्दा न्यूनतम १८ रुपैयाँ भाडा तिर्नुपर्छ। यो भाडादर ५ किलोमिटरसम्मको दूरीमा लागू हुनेछ। त्यस्तै १० किलोमिटरसम्म २३, १५ किलोमिटरसम्म २७, २० किलोमिटसम्म ३० र २० किलोमिटर भन्दामाथि ३५ भाडादर कायम गरेको छ। प्रदेश सरकारले उपत्यका बाहिरका हकमा भने साविकको भाडादरमा २३ प्रतिशतले वृद्धि गरेको छ।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...