कृष्ण के सी, अमेरिका, फेब्रवरी २९, २०२४
हामी धेरैले सजिलो रुपमा प्रयोग गर्ने शब्द हो मिडिया र न्यूज। आजकल त सोसल मिडिया र मिडिया अनि ज्यूज कम्पनि सबैलाई एउटै खालमा राखेर मिडिया भन्ने गरिएको छ। सहमत भए या नभए पनि मिडिया, सोसल मिडिया र न्यूज कम्पनिमा धेरै फरक छ।
मिडिया कम्पनि के हो ?
मिडिया कम्पनि भनेको आम संचारका कम्पनि या सँस्थाहरु हुन्। यिनीहरु मिडियाहरुको उत्पादन गर्ने र आम समुदायमा थुप्रै च्यानलबाट कन्टेन्ट वितरण गर्ने गर्छन। प्लाटफर्म भन्नाले सोसल मिडियाहरु जस्तै फेसबुक, यूट्यूब, एक्स, वेबसाइट, भिडियो इत्यादी। मिडिया कम्पनिहरु क्रियशन, प्याकेजिङ्ग गरेर थुप्रै च्यान या प्लाटफर्म माफर्त वितरणमा गर्छन। यिनीहरुले एक किसिमको पहिचान नै बनाएको हुन्छ। जसलाई हामी ब्राण्ड नेरेटिभ भनेर बुझ्न सक्छौं।
न्यूज कम्पनि के हो ?
न्यूज कम्पनि चाहिं परंपरागत रुपमा न्यूज रुमबाट ब्रोडकाष्ट गर्ने, आफूलाइ मात्र कन्टेन्ट बनाएर कास्ट गर्ने कम्पनिहरु हुन्। यिनीहरुको उत्पादन भएता पनि वितरण हुँदैन, ब्रोडकास्ट मात्र हुन्छ। यिनीहरु अडियन्समा फोकस गरेर उत्पादन गर्छन, क्यालिटी र प्रतिस्पर्धामा ध्यान दिन्छन।
उदाहरणको लागि एक्सफिनिटी, थमसन, न्यूज कर्प, वार्नर ब्रोज इत्यादी मिडिया कम्पनि हुन्। पत्यार नलाग्ला तर रेडबुल, नाइकीहरुहरु पनि धेरै हद सम्म मिडिया कम्पनि हुन्। एबिसी, सिएनएनहरु चाहिं न्यूज कम्पनि हुन्।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...