इलाम २ र बझाङ १ मा वैशाख १५ गते उपचुनाव गर्ने निर्वाचन आयोगको निर्णय

Hollywood Khabar February 25,2024 Comments

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा शनिबार उपनिर्वाचन गर्ने कुरा निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्णय गरेको हो। यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता तथा भूतपूर्व सभामुख सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको कारण उपनिर्वाचन गर्नु परेको हो।

त्यसैगरी बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव गर्ने निर्णय भएकाे छ। यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो। सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ।