सुरुभयो भारतीय गिद्दे दृष्टि,दिल्लीमा मन्त्री साउदको टुकडी

Hollywood Khabar February 24,2024 Comments

भारतीय गिद्दे दृष्टिलाइ सहि साइजमा ल्याउने क्षमता केवल राजा महेन्द्रमा मात्र थियो। त्यसपछि सबै समय नेपाल भारत र चीनको खेल मैदान भएको छ। पछिल्लो दुइ दशक युरोपियन युनियनको पनि खेल बढेको छ। 

हालै नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच दिल्लीमा भेटवार्ता भएको छ। बहुपक्षीय मञ्च Raisina Dialogue को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच शुक्रबार भेटवार्ता भएको हो।

Ministry of External Affairs ले Observer Research Foundation मार्फत २०१६ देखि Raisina Dialogue बार्षिक रुपमा आयोजना गर्दै आएको छ। सिंगापुर, सांघाई लगायतको प्रतिनिधित्व रहने भनिएको यो सम्मेलनमा खासमा भारतले आफ्नो नीतिगत कुरा बिस्तार गर्न आयोजना गरेको हो। 

विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन्। साथै उनले मन्त्री साउदको Raisina Dialogue मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन्। तर यसबारे नेपालले धेरै औपचारिक चर्चा गरेन त्यसको मतलब कुनै अजिव हर्कत हुँदै भन्ने बुझ्नु जरुरी छ।यसबाट नेपालको कुनै लेना-देना छैन। भारत नेपाललाइ उसको विकास गर्न नीति बनाउने कुरामा नेपाललाइ प्रयोग गर्न चाहन्छ। भित्रि कुरा भारतीय नीतिमा नेपालले कहाँ-कहाँ ल्याप्चे हान्ने भन्ने जानकरी दिन बोलाइएको कुरा भने कसैले खोजेनन।

यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गरेका मन्त्री साउदले उक्त मञ्चलाई सम्बोधन गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन् भनिन्छ।