प्रेस चौतारीका उपाध्यक्ष अधिकारी लापत्ता

Hollywood Khabar February 18,2024 Comments

दमक।प्रेस चौतारी नेपाल माइपश्चिम क्षेत्रीय कमिटीका उपाध्यक्ष लक्ष्मी अधिकारी विहेको तिथीमितिकै दिन लापत्ता भएका छन्। कमल ६ दहचौक घर भएका उनी शनिवार विहानदेखि विवाहकै अघिल्लो दिन एकाएक बेखबर भएका हुन्।

स्रोतका अनुसार तेह्रथुमकी एक जना युवतीसंग विवाहको मिति आज नै तय भएको थियो। विहेका लागि जन्ती जान घर भरि नातागोता, आफन्तहरु अधिकारीको घरमा भेला सकेका थिए। तर वेहुला केटो नै विहानै देखि सम्पर्कविहीन भएपछि विहेनै भाडिन पुगेको छ। दमकको संयुक्त कलाकर्मी सहकारीमा काम गरिआएका अधिकारी लापत्ता भएको खबर केटी पक्षले थाहा पाएपछि केटी पक्षले यस विषयलाई कानुनी रुपले उठाउने तयारी गरेको बुझिएको छ।

पत्रकारितामा काम नै नगरेका उनलाई चौतारीले केवल सदस्यता संख्या बढाउन उद्देश्यले कमिटीमा समावेश गरेको थियो। चौतारीकै एक जना अगुवाले ती अधिकारीलाई संगठनको नाममा पैसा संकलन लगायतका गतिविधिमा जिम्मेवारी दिदैआएको बताउँछन्। उनकै सदस्यताका विषयलाई चौतारीले नेपाल पत्रकार महासंघमा समेत लफडा मच्याउदैआएका थिए। लापत्ता अधिकारीले कुनै अन्य केटी लिएर हराएको हुन सक्ने अनुमान गरिएको छ ।