बक्सिङका पूर्व प्रशिक्षक स्व. मदनकुमार गुरुङप्रति त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मंगलबार श्रद्धाञ्जली अपर्ण गरिएको छ। गुरुङको माघ १३ गते पारिवारिक भेटघाटका क्रममा म्यान्मार जाने क्रममा निधन भएको थियो। त्यसदिन गुरुङ नेपालबाट थाइल्यान्ड हुँदै म्यान्मार जाने तयारीमा थिए। नेपालबाट थाइल्यान्डका लागि प्रस्थान गरेको विमान उडिरहेकै अवस्थामा उनको निधन भएको बताइएको छ। विमान उडेको करिब २० मिनेटमै उनको निधन भएपछि थाइल्यान्डका लागि उडेको विमानलाई बंगलादेशको ढाकामा अवतरण गरिएको थियो।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, विभिनन राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतले गुरुङको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
ललितपुरको इमाडोल बस्ने ६१ वर्षीय स्व. गुरुङका २ छोरा र श्रीमती छन्। स्व. गुरुङ २०४० सालमा बक्सिङ सहायक प्रशिक्षकका रुपमा राखेपमा सेवा प्रवेश गरेर २०७७ सालमा बरिष्ठ प्रशिक्षकबाट राखेपबाट सेवा निवृत्त भएका थिए। उनि नेपालका संस्थापक बक्सिङ प्रशिक्षक मध्ये एक भएको बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन्।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...