नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

Hollywood Khabar February 05,2024 Comments

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ। बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनको शोक प्रस्तावको विषयमा बैठक बस्न लागेको हो । बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ।